कोशी प्रदेश समाचार

रानी सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन

बिराटनगर, १९ असोज । मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य स्थानमा थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।

कोशी प्रदेशको मुख्य नाका रहेको बिराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोली परिचालन गरी सिमा नाकामा आवत जावत गर्ने संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गर्न सुरु गरिएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page