समाचार

मागे अनुसार चन्दा नदिँदा सप्तकोशीको वडा नम्बर ५ को वडा कार्यालयमा तालाबन्दी

कञ्चनरुप, २१ असोज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ को कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ ।
मागे अनुसार चन्दा नदिदा सप्तकोशीको वडा नम्बर ५ गंगाजलिको वडा कार्यालयमा जितिया आयोजकसमितिले तालाबन्दी गरेको हो ।
वडा अध्यक्ष गोसाई चौधरीका अनुसार जितिया पर्वमा दुई टोलबासीले छुट्टाछुट्टै कार्यक्रम राखी एक पक्षले बढी सहयोग मागेपछि बराबारी सहयोग गर्ने वडा प्रतिबद्धता जनाउदा पनि असन्तुष्ट समुहले तालाबन्दी गरेका हुन् । आफूहरुलाई बढी सहयोग गर्नुपर्ने माग राखी पूर्व टोलबासीले वडा कार्यालयमा तालाबन्दी गरेको वडा अध्यक्ष चौधरीले बताए ।
स्थानियका अनुसार माओवादी नेतृत्वको टोलीले वडा कार्यालयमा सहयोग बढी पाउनुपर्ने माग राखी वडा कार्यालयमा तालाबन्दी गरेको जनाएका छन् ।
कार्यालय समयमा तालाबन्दी हुँदा वडा कार्यालयको कामकाज पुर्ण रुपले प्रभावित भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page