राजनीति

एमाले मधेश प्रदेश अधिवेशनमा सप्तरीबाट ८० जना प्रतिनिधिले सहभागीता जनाउने

खगेन्द्र कार्की /
सप्तकोसी, २२ असोज । नेकपा एमालेको असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको लागी सप्तरी जिल्लाबाट ८० जना प्रतिनिधिहरुले सहभागिता जनाउने भएका छन्।
सप्तरी जिल्लाको १८ वटा पालिकाबाट पार्टी प्रतिनिधि र विभिन्न जनसंगठनका गरि ८० जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने भएका छन् । सप्तरीमा १८ वटा पालिका मध्येमा १७ वटा पालिकाबाट प्रतिनिधि छनोट गरिसकेको नेकपा एमाले सप्तरी जिल्ला कमिटी सचीव देवनाथ यादवले जानकारी दिनुभयो ।
असोज २४ र २५ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने प्रथम अधिवेशनमा सप्तरीबाट ८० जना प्रतिनिधि चयन हुने नेकपा एमाले पार्टी सचीव यादवले जानकारी दिनुभयो ।
सचिव यादवका अनुसार सप्तकोसी नगरपालिकामा खुल्ला तर्फ उत्तम गौतम, उचित नारायण चौधरी, महिलामा जीत कुमारी पौडेल र युवामा सरीता चौधरी सर्बसहमत चयन भएका छन् । यस्तै कञ्चनरुप नगरपालिकाबाट खुल्ला तर्फ वसन्त कुमार मिश्र र राज कुमार साह ,निर्वाचनबाट महिलामा आसरादेवी चौधरी, ईश्वरी पोखरेल र युवामा जीवन श्रेष्ठ (मनिष) चुनिएका छन् ।
शम्भुनाथमा खुल्ला तर्फ मोहम्मद अब्दुल मरीक साकिर, महिलामा सागर चौधरी निर्वाचित छन् भने रुपनी गाउँपालिकामा खुल्ला तर्फ मिठु माझी, महिलामा लक्षण कुमारी यादव र युवामा दुर्गानन्द झा चुनिएका छन् । यस्तै वोदे वर्साइन नगरपालिकामा विजय नारायण कापैर, धर्मेन्द्र यादव खुल्लामा निर्वाचित भएका छन् भने महिलामा गुडिया कुमारी र युवामा अनोज यादव छन् ।
यस्तै सुरूङ्गा नपामा खुल्ला तर्फ देव नारायण चौधरी, महिलामा सवनम खातुन र युवामा रजत कुमार चौधरी रहेका छन् । राजबिराज नगरपालिकामा खुल्लामा बिश्वनाथ मण्डल, महिलामा सशिता कुमारी देव र युवामा रन्जन कुमार झा चयन भएका छन् ।
अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा प्रतिनिधि छनौटमा आन्तरिक विवाद भए पछि प्रतिनिधि छनौट हुन सकेको छैन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page