समाचार समाज

रुपनगरमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

कञ्चनरुप, २३ असोज । इजरायलमा भएको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा सप्तरीमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ सुरक्षित आप्रवासन (सामि) कञ्चनरुप इकाई सप्तरीको आयोजनामा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रुपनगरमा विद्यार्थीहरुको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

सो कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ताले हमासको आक्रमणमा परि नेपाली विद्यार्थीहरुको निधन हुनु अत्यन्त दुखद घटना भएको बताउँदै दिगंवत भएका विद्यार्थीहरुको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवार जनप्रति गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ । घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग समेत गर्नुभयो ।

दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।
नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्षहरु , वडा सदस्यहरु , युवा , महिला , संचारकर्मी ,स्थानियहरु ,आयोजक संस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page