राष्ट्रिय समाचार

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख राहत दिइने

काठमाडौँ । सरकारले इजरायलमा नेपालीहरूको मृत्यु भएको शोकमा मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्लेस्टाईन हमास समूहको आक्रमणमा परि इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न भोलि असोज २३ गते राष्ट्रिय शोकको घोषणा गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।
यस्तै, बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।
उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।
यस्तै मृतक नेपालीहरूको शव यथाशीघ्र स्वेदश ल्याउन पहल गर्ने र नेपाल फर्किन चाहने नेपालीहरूलाई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स चार्टर्ड गरी ल्याउन प्रबन्ध मिलाउन इजरायलस्थित नेपाली दूतावासले विवरण सङ्कलन गरी परराष्ट्र मन्त्रालयसँग समन्वय गरी काम गर्ने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page