कोशी प्रदेश समाचार

३ हजार भन्दा बढी अबैध गाँजाका बोटहरु फडानी गरी जलाई नष्ट

बिराटनगर, १२ कार्तिक । कोशी प्रदेश प्रहरी कार्यालयले धनकुटा र उदयपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट नष्ट गर्दै आईरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान चलाइएको हो ।
जस अनुसार कार्तिक ११ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखी सल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका क्षेत्रका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका करिव ३ हजार वटा गाँजाका बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।

यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय भुटार रौतामाईबाट खटिएको प्रहरी गस्ति टोलीले रौतामाई गाउँपालिका २ ओख्रेनि स्थित पाखा बारीमा रहेको गाँजाको बोट नष्ट गरेको छ ।
अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page