समाचार

जाजरकोट केन्द्रविन्दु भएर फेरि ३.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । आज पनि जाजरकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर केही बेरअघि भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बेलुका ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
गत शुक्रबार मध्यराति जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page