राजनीति

पार्टी विरोधी गतिविधि गर्नेमाथि कारबाही गर्ने जसपाको चेतावनी

राजविराज, २५ कार्तिक ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले पार्टी विरोधी क्रियाकलापमा संलग्नहरुमाथि कारबाही गर्ने बताएका छन् । जसपा सप्तरीद्वारा राजविराज स्थित पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टीमा बसेर अन्तरघात गर्ने नेताकार्यकर्तामाथि कारबाही हुने बताए ।
ूकेहि व्यक्तिहरुले कार्यकर्तालाई झुक्याएर गुटको भेला गरि अबैधानिक समिति गठन गरि घोषणा गरेको कुरा सार्वजनिक भएको छ, उनले भने, उक्त कार्य जसपाको विधान बिपरित र पार्टी विरोधी हो, शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले उनीहरुमाथि छानबिन गरि कारबाही गर्ने सर्वसम्मत निर्णय गरिसकिएकोले आजैदेखी कारबाही प्रक्रिया अगाडि बढाउँछौ ।ू
कतिपय कार्यकर्ता अन्योलमा परेर गएको हुनसक्ने बताउदै अध्यक्ष यादवले उनीहरुलाई सफाईको मौका दिइने तथा पार्टीलाई कम्जोर पार्ने योजना तहत जानीजानी गुटभेला आयोजना गर्नेको पहिचान गरि कारबाही स्वरुप पहिलो चरणमा स्पष्टीकरण सोधिने बताए ।
उनले चित्तबुझ्दो जवाफसहित आत्मालोचना नगर्ने कार्यकर्तामाथि पार्टी विधान अनुसार कारबाही हुने स्पष्ट पारे ।
अध्यक्ष यादवले जिल्ला स्तरीयसम्मकालाई जिल्लाबाटै कारबाही हुने र माथिल्लो तहका लागि प्रदेश केन्द्रमा नाम सिफारिस गर्ने जिल्ला समितिको निर्णय बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
उनले जिल्ला कार्यसमिति निष्क्रिय भनी लगाएको आरोप निराधार रहेको टिप्पणी समेत गरे ।
ूपार्टीको तीन महिने संगठन विस्तार अभियानको तत्कालीन पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले असोज २२ गते उद्घाटन गरेपछि जिल्लाभर पार्टीको साँगठनिक गतिविधिले तीव्रता लियो, उनले भने, निष्क्रिय भनी आरोप लगाउने व्यक्तिहरु नै गाउँपालिका स्तरीय संगठन विस्तार अभियानमा मसंगै पुर्णरुपले सहभागी भएका छन् , मनगढन्ते आरोप लगाएर हुन्छ रु यो सरासर पार्टीलाई कम्जोर पार्ने रणनीति मात्रै हो । ू
कार्यकर्तालाई झुक्याउने उदेश्यले पार्टी केन्द्रिय अध्यक्षको फोटो र पार्टीको झण्डा दुरुपयोग गरेको बताउँदै अध्यक्ष यादवले शुभकामना आदानप्रदान कार्यक्रम भनी व्यानरमा उल्लेख गरि कार्यकर्तालाई बोलाएर समानान्तर समिती घोषणा गरेको आरोप लगाए ।
पार्टी संगठन निर्माणको कार्यले गति लिएको देखेर त्यसलाई रोक्न पार्टी विरोधी मानसिकता भएकाहरूले गतिरोध सिर्जना गर्न पार्टी विरुद्ध क्रियाकलाप गरेको उनको आरोप थियो ।
पार्टीलाई कम्जोर पार्ने षडयन्त्र भइरहेको बताउदै अध्यक्ष यादवले पार्टी विरुद्ध हुने कार्यक्रमहरुमा उपस्थित नहुन नेताकार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
पत्रकार सम्मेलनमा पार्टीका जिल्ला उपाध्यक्ष हरेराम यादव, उपसचिव शम्भु कुमार यादवलगायतका जिल्ला स्तरीय नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
जसपा असन्तुष्ट पक्षका भेलाले केही शिर्ष नेताहरूको उपस्थितिमा कार्तिक २२ गते पार्टीका जिल्ला उपाध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समानान्तर जिल्ला समिति घोषणा गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page