राजनीति

जसपाका नेता हरिनारायण रौनियार पप्पु एमालेमा प्रवेश

काठमाडौं । जसपाका नेता हरिनारायण प्रसाद रौनियार नेकपा एमाले प्रवेश गरेका छन् ।
पूर्व सांसद रौनियार मंगलबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका, माला लगाउँदै एमाले प्रवेश गरेका हुन् ।
हरिनारायण जसपाबाट २०७४ सालको संसदीय निर्वाचनमा पर्सा ३ बाट निर्वाचित भएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page