समाचार

नेपाल सम्वत् ११४४ को अवसरमा जेष्ठ नागरिक लेखनारायण र धनमाया श्रेष्ठ सम्मानित

कञ्चनरुप, २८ कार्तिक । नेवाः समाज रुपनगरले नेवार समुदायका दुई जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । मगंलबार सप्तरीको रुपनगरमा नेपाल सम्वत ११४४ को अवसरमा आयोजित एक कार्यक्रमका विच उहाँहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ बस्तिपुरका जेष्ठ नागरिक ७६ वर्षीय लेखनारायण श्रेष्ठ र ७७ वर्षीया धनमाया श्रेष्ठ सम्मानित हुनुभएको छ ।

नेवा समाज रुपनगरका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य राज कुमार लेखी र विशिष्ट अतिथि कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले दोसल्ला ओढाएर उहाँहरुलाई सम्मान गर्नुभयो ।
नेवाः समाज रुपनगरका सचिव शंकर श्रेष्ठका अनुसार प्रत्येक वर्ष नेपाल सम्वतको अवसरमा दुई जना जेष्ठ नागरिकलाई सम्मान गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिँदै उहाँहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख वसन्त कुमार मिश्र, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडा, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, नेवाः देयः दबु सप्तरीका अध्यक्ष मित्र नारायण श्रेष्ठल गायतकाका स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
नेवा समाज गुठी सभागृह बस्तीपुरबाट पञ्चकन्या सहित लाखे नाच प्रस्तुत गर्दै र्‍याली कञ्चनरूप नगरपालिकाको विभिन्न भाग परिक्रमा गरि नेवा समाज गुठी सभागृहमा गई सभामा परिणत भएको थियो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ इसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए।
नेवार समुदायले राष्ट्रिय बिभुती शाख्वाको जन्मजयन्ती तथा नयाँबर्षको रुपमा नेपाल सम्वतको अवसरमा न्हुदँया भिंतुना मनाउने गरेको छ ।

   

You cannot copy content of this page