काठमाडौं । चार देश सम्मिलित टी ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको नेपालले खराब ब्याटिङ गर्दै ५७ रनको सामान्य लक्ष्य दिएको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा भइरहेको खेलमा १८ ओभरमा अलआउट हुँदै नेपालले ५६ रन मात्रै जोड्न सक्यो ।
नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित पराजित भएको थियो। हङकङ भने पहिलो खेलमा जापानसित विजयी भएको थियो।
आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्नेछ।
नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पुजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।
नेपालको खराब प्रदर्शन, हङकङलाई ५७ रनको सामान्य लक्ष्य














Add Comment