मधेस प्रदेश समाचार

सप्तरीमा महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मेयरका प्रत्यासी उम्मेदवार पक्राउ

राजविराज, ८ मंसिर । सप्तरीबाट प्रहरीले ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा आज एक जना मेयर पदका प्रत्यासीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका ५ मोहनपुरका ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ७ गते उजुरी दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताउनु भयो । घरमै सञ्चालन गरेको पीडितको पसलमा मङ्सिर ३ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर ७ गते उजुरी दिनु भएको थियो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ७ गते स्वास्थ्य परीक्षण भएको छ ।
पक्राउ परेका चौधरीलाई जबर्जस्ती करणी प्रयासको मुद्दामा पाँच दिनको म्याद थप गरी अन्य अनुसन्धान सुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।
चौधरी २०७८ वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार भई ४१४३ मत प्राप्त गर्दै निकट्तम प्रतिस्पर्धी भएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page