बारा, ९ मंसिर । बारा प्रहरीले बिल बिजक फरक रहेको १६ लाख बढी सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ ।
शुक्रबार ईलाका प्रहरी अमलेखगंज बाराबाट खटिएको विशेष प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगंजमा ना ७ ख ८१४५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
ट्रकलाई रोकी चेक जाँच गर्दा १६ लाख ३७ हजार ७ सय ३ रूपैया ९० पैसा बराबरको लोड गरेको टि एम टि रड तथा अन्य बिल विजक समेत फरक परेकोले सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीद्वारा बिल विजक फरक रहेको १६ लाख बराबरको सामान सहित ट्रक नियन्त्रण














Add Comment