मधेस प्रदेश समाचार

सशस्त्र प्रहरीद्वारा राजगढबाट २५ केजी अवैध गाँजा बरामद

कञ्चनरुप, ९ मंसिर । सशस्त्र प्रहरीले राजगढबाट शनिबार अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विओपि वनैनियाबाट खटिगएको गस्ती टोली सप्तरीको राजगढ गाउँपालिका ६ स्थित रहेको भुतनी खोलाबाट २५ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको २ जना व्यक्तिहरुले प्रहरी टोलीलाई देखि २ वटा झोला छाडी फरार भएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गण सप्तरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्ट बताउनु भयो । झोला खोलि हेर्दा २५ केजि अवैध लागु औषध गाँजा रहेको विष्टले जानकारी दिनु भयो ।
वरामद गाँजा आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय राजविराज सप्तरीमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गणले जनाएको छ ।
हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रनाउ विष्टले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page