मधेस प्रदेश समाचार

सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहद्वारा नव निर्मित विओपि भवन उद्घाटन

कञ्चनरुप । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ काचन सोनापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को नवनिर्मित भव बुधबार समुद्घाटन भएको छ ।
उक्त नवनिर्मित भवको उद्घाटन सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले गर्नुभयो ।

स्थानिय हिरालाल यादव, कमलदेव यादव र कामेश्वर यादवले गरि ९ कठ्ठा ६ धुर जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको जग्गामा नेपाल सरकारको रु ८४ लाख ९६ हजार ६६ को लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा सप्तरी जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानिय निकायका पदाधिकारी, भद्र भलादमी, संचारकर्मी, स्थानियवासीको समेत उल्लेख्य उपस्थिति थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page