मधेस प्रदेश समाचार समाज

राजविराज–१२ स्थित ठुलो नहरमा पहिचान नखुलेको एक पुरुषको शव फेला

कञ्चनरुप । सप्तीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका –१२ स्थित ठुलो नहरमा पहिचान नखुलेको पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
मंगलबार दिउँसो १२ः३० बजेको समयमा राजविराज–१२ स्थित ठुलो नहरमा नाम थर वतन नखुलेको तराई मुलको जस्तो देखिने अन्दाजी बर्ष ४०/४२ को पुरुष मानिसको शव बेवारीसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय राजविराज सप्तरीले जनाएको छ ।
पुरुषको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । निजको आफन्त सम्पर्कमा नआएको हुँदा उक्त मृतकलाई पहिचान गर्ने जो कोहि व्यक्ति तथा आफन्तले जिल्ला प्रहरी कार्यालय राजविराज सप्तरीमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page