समाचार समाज

प्रहरीद्वारा कञ्चनरुप-११ बाट २ सय गाँजाको बोट फडानी गरी नष्ट

कञ्चनरुप, ५ पुष । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ बाट अवैध रुपमा लगाइएको २ सय गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
बिहीबार ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटेको प्रहरी टोलिले बिभिन्न स्थानहरुमा लगाइएको दुई सय गाँजाको बोट फडानी गरेको हो ।
स्थानीय बासिन्दाको घर करेसा, तरकारी बारीदेखि खुला ठाउँ, चौरमा लहलह गर्दै झुलेका गाँजाका बोट फडानी गरी आगो लगाएर नष्ट गरिएको हो।

गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको प्रहरीले जनाएको छ।
उक्त गाँजाको बोट वडा नम्बर ११ का वडा अध्यक्ष ललित गोजेवार, प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहवरमा आगो लगाई नष्ट गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page