समाचार

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

सप्तरी । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ ।
सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ ।
पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page