धर्म संस्कृति राष्ट्रिय समाचार

आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदै

सप्तरी । नेपालमा आज आठौँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
नेपाल र नेपाल बाहिर रहेका नेपाली भाषीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।
पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page