कोशी प्रदेश समाचार समाज

चोरी उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, १६ पुस । मोरङबाट प्रहरीले चोरी उद्योग मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ मोरङका २६ वर्षीय कनिश बस्नेत रहेका छन ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले चोरी उद्योग मुद्धाका फरार प्रतिवादी बस्नेतलाई खोज तलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
चोरी उद्योग मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९/०८/२१ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना ४ दिन कैद र नगद ८ हजार ५ सय २० रुपैया जरिवाना बेरुजु रहि बस्नेत फरार रहेका थिए ।
पक्राउ परेका बस्नेतलाई सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाईएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page