मधेस प्रदेश समाचार समाज

हात्तीकाे आतंक: कञ्चनरूप-१२ चर्खियामा ४ जनाको घर भत्काउँदा लाखौँको क्षति

कञ्चनरूप, १७ पुस । जाडो मौसम शुरु भए सँगै सप्तरीको कञ्चनरूपमा हात्ती आतंक शुरु भएको छ ।
सोमवार राती कोशी टप्पु वन्य जन्तु आरक्षबाट ८ ओटा समूहमा आएको जंगली हात्तीले कञ्चनरुप-१२ चर्खियामा अन्नपात नष्ट पार्नुका साथै ४ जनाको घर भत्काउँदा लाखौँको क्षति भएको पिडितहरुले बताउनु भएको छ ।
रेणुका सुवेदीको एउटा भान्सा घर, जानुका लम्सालको एउटा गुहाली, टुकुन खड्‌काको एउटा भान्सा घर र अम्जत अलीको एउटा भान्सा घर हात्तीले भत्काउँदा लाखौंको क्षति भएको १२ नम्बर वडाका वडा सदस्य जैनुदिन मियाँले बताउनु भयो ।
घरमा भएको अन्नपात र खेतमा लगाएको वाली समेत हात्तीको समूहले नष्ट गर्दा लाखौंको क्षति भएको मियाँले जानकारी दिनुभयो ।

हुलका हुल हात्तीको समूह गाउँमा पसेर आतंक मच्चाउन थाले पछि स्थानियहरु डर त्रासमा सुत्न बाध्य भए‌का छन् । कुन बेला हात्तीले ज्यान लिने हो कुनै ठेगान छैन टुकुन खड्का बताउँनुहुन्छ ।

प्रत्येक दिन साझ जङ्गली हात्तीको बथान गाउँ पस्ने गरेको र गहुँ वालिमा क्षति गर्ने गरेको स्थानीय बासिन्दाले बताए ।
यस भेगमा सालैपिच्छे हात्तीले आतंक मच्चाउनाका साथै मानिसको ज्यानसमेत लिने गरेको छ । हात्तीको आतंकलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेहरूले आक्रोश व्यक्त गरेको छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page