राजविराज, २५ पुस । सप्तरीको राजविराजबाट एक स्कारपिओ चोरी भएको छ ।
राजविराज नगरपालिका ९ का शम्भु प्रसाद यादव ‘लाली’ को बा १४ च २९२५ नम्बरको स्कारपिओ मंगलबार राती घरबाटै चोरी भएको हो ।
घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा स्कारपिओ चोरी भएको यादवले बताए ।
ताला खोलेर कोठाभित्र राखिएको स्कारपियोको चाबी लिई स्कारपियो चोरी गरेको उनले जानकारी दिए । बुधबार बिहान उठ्दा मात्र गाडी चोरी भएको उनले थाहा पाएको बताए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment