मधेस प्रदेश शिक्षा समाचार

चिसो बढेपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाका सबै विद्यालय माघ २ सम्म बन्द

कञ्चनरुप, २५ पुष । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाले तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।
पछिल्लो चार दिनदेखि सप्तरीमा अत्यधिक चिसो बढेपछि नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख रामलखन मलाहले एक सूचना जारी गर्दै पुस २६ गते बिहीबारदेखि माघ २ गतेसम्मका लागि विदा दिइएको बताउनु भएको छ । जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले पठनपाठन बन्द गरिएको अध्यक्ष मलाहको भनाइ छ ।
चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय विदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page