समाचार समाज

सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

राजविराज । सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिरहुत गाउँपालिका ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिला देवी सदा रहेकी छन् ।
प्रहरीका अनुसार शनिबार आफ्नै घर अगाडि बालेको घुर ताप्ने क्रममा कपडामा आगो सल्किएर सोनिला गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते सोनिलालाई राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको मा उनको उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page