स्वास्थ्य

नेपाल औषधी व्यवसायी संघ सप्तरीको अध्यक्षमा राजकुमार साह

कञ्चनरुप, २८ पुस । नेपाल औषधी व्यवसायी संघ सप्तरीको अध्यक्षमा कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का राजकुमार साह चयन भएका छन ।
शनिवार राजविराजमा भएको संघको दोस्रो जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १२ सदस्यीय नेपाल औषधी व्यवसायी संघ सप्तरी शाखाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा अवधेश कुमार यादव, थोक उपाध्यक्षमा उज्ज्वल काबरा र खुद्रा उपाध्यक्षमा मिथिलेश मिश्र चयन भएका छन् । महासचिवमा तुलानाथ माझी, सचिवमा शैलेन्द्र साह, कोषाध्यक्षमा डम्बर प्रसाद गुप्ता र सह कोषाध्यक्षमा नारायण परिहस्त रहेका छन् ।
त्यस्तै सदस्यहरुमा विनोद शर्मा, मुकेश कुमार यादव, विम कुमार कर्ण र डा. अनिता बर्मालाई चयन गरिएको छ ।
नवर्निवाचित अध्यक्ष साहले औषधी व्यवसायीका चुनौतीहरुलाई समाधन गर्ने तर्फ आफू लागी पर्ने बताएका छन् । आफ्नो कार्यकालमा सबै पदाधिकारीहरुका साथै औषधी व्यवसायीहरुसँगको समन्वय र सहकार्यमा अघि बढ्ने बताए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page