समाचार

सशस्त्र प्रहरीद्वारा कोशी ब्यारेजबाट १२ लाख बराबरको सालको काठ बरामद

कञ्चनरुप, २८ पुस । सप्तरीबाट सशस्त्र प्रहरीले सवारी साधन सहित बाह्र लाख बराबरको सालको चिरान काठ बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदहको कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले शुक्रबार साँझ बोलेरो पिकअप गाडीमा बाह्र लाख बराबरको सालको चिरान काठ बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहको कोशी ब्यारेजमा रहेको चेकप्वाईन्ट टोलीले नियमित चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ गईरहेको प्र २-०१-००१ च ०२६० नम्बरको बोलेरो पिकअप गाडीमा सालको चिरान काठ २६.६६ क्यु फिट बिना बिलजकको बाह्र लाख बराबरको काठ तथा सवारी साधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले जानकारी दिनुभयो । ।
उक्त बरामद सवारी साधन र काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय कंचनपुर सप्तरीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page