मधेस प्रदेश समाचार समाज

कञ्चनरुपमा ४ सय केभीको लाइन जोड्ने क्रममा लडेर भारतीय कामदारको मृत्यु

कञ्चनरुप । कञ्चनरुपमा हाइटेनशन विद्युत ४ सय केभीको लाइन जोड्ने क्रममा लडेर एक भारतीय कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको पश्चिम बंगाल राज्य, जिल्ला मलादाह धनकट्टा टोल बस्ने तपजुल अलीको २५ वर्षीय छोरा सागर अली रहेका छन ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित बस्तिपुरमा जडान हुँदै गरेको हाइटेनशन विद्युत लाइनको टावरबाट शनिवार बिहान अली लडेर सख्त घाइते भएका थिए ।
घाइते अलीलाई प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा प्राथमिक उपचार गराई थप उपचारका लागि राजविराज लादैगर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतकको शव पोष्टमार्टम गराई भारत पठाइएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page