मधेस प्रदेश समाचार

अत्यधिक चिसोका कारण सप्तकोशीका विद्यालयहरू दुई दिन बिदा

कञ्चनरुप, २ माघ । सप्तरीसहित तराईमा बढेको अत्यधिक चिसोका कारण सप्तकोशी नगरपालिकाले भोलिदेखि विहीवारसम्मको लागि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।
अत्यधिक चिसोका कारण विद्यालयमा अध्ययन अध्यापन गर्न कठिनाइ हुने र बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भएकाले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
हिउँदे तथा वर्षे विदावाट २ दिन कट्टा हुने गरी जाडो विदा दिने निर्णय भएको नगर प्रमुख कृष्ण प्रसाद ढकालद्वारा जारी सुचनामा उल्लेख छ ।
विगत केहि दिनदेखि सप्तरीसहित तराईका जिल्लाहरुमा बिहानैदेखि हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जनजीवन कष्टकर बनेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page