अर्थतन्त्र

भारदहमा अस्थायी बाटो इजाजत पत्र (पटके सेवा) संचालन

कञ्चनरुप । सप्तरीको भारदहमा अस्थायी बाटो इजाजत पत्र (पटके सेवा) संचालनमा आएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा शुक्रबार कार्यालय उद्घाटन गरी सेवा संचालनमा आएको हो ।
मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था सेवा कार्यालय राजविराजले व्यवसायीहरुलाई सेवामा सहज पहुँच र छिटोछरितोका लागि भारदहमा पटके सेवाको स्थापना गरेको हो ।

यातायात व्यवसायीहरुले २४ सै घण्टा अस्थायी बाटो इजाजतपत्र (पटके सेवा) पाउने यातायात व्यवस्था कार्यालय राजविराजका प्रमुख शशी प्रसाद यादवले जानकारी दिनुभयो । उहाँले सेवाग्राहीलाई कार्यालयले सेवामा पहुँच र छिटोछरितो सेवा दिने बताउनुभयो ।
यस कार्यालयबाट गाडिको बुलुबुक समेत नवीकरण हुने जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page