मधेस प्रदेश समाचार समाज

सप्तरीमा बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा मो. म्युदिन पक्राउ

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ परेका छन । छिन्नमस्ता गाउँपालिका–५ का २८ वर्षीय मो म्युदिनले बलात्कार गरी गर्भवती बनाएको आरोपमा शुक्रबार पक्राउ परेका हुन ।
प्रहरीले आरोपित म्युदिनलाई राजविराज नगरपालिका–७ स्थित बजारबाट पक्राउ गरेको हो ।
घरायसी कामकाजका लागि बालश्रम गराउँदै आरोपितका घरमा राखिएकी बालिकालाई विवाहको प्रलोभन दिई पटक–पटक बलात्कार गरेको पीडितले बताइन् । पछिल्लो पटक माघ ७ गते बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा माघ १० गते उजुरी दिएका थिए ।
पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १० गते स्वास्थ्य परीक्षण भएको छ । अस्पतालका अनुसार उनी २४ हप्ताको गर्भवती रहेको छिन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page