बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

बालिकालाई विद्यालयमै बलात्कार गरेको आरोपमा सँगै कक्षामा पढ्ने बालक प्रक्राउ

राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सँगै कक्षामा पढ्ने १५ वर्षीय बालकलाई प्रहरीले सोमबार प्रक्राउ गरेको छ ।
पीडितका बुबाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी कारवाही थालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । विद्यालयको एकान्त कुनामा रहेको कोठाभित्र माघ १४ गते आइतबार अपरान्ह भएको घटनामा आरोपितलाई स्थानीयले रंगेहात नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो ।
कोभिड–१९ संक्रमितका लागि विद्यालयमा सञ्चालनमा ल्याइएको आइसोलेसन केन्द्रको डसना, बिछयौना र टुटेफुटेका फर्निचरहरु उक्त कोठामा थन्काएर राख्ने गरिएको छ । कोठामा नयाँ तन्ना समेत फेला परेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ १५ गते उजुरी दर्ता गरेको इन्स्पेक्टर अवधकिशोर ओझाले बताए ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १५ गते भएको छ ।
साभार :(इन्सेक) मनोहरकुमार पोखरेल

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page