मधेस प्रदेश समाचार समाज

कोशीमेला घुम्न हिडेका रुपेश कोशी ब्यारेजको ४१ नम्बर ढोकामा मृत फेला

रवि शर्मा /
भारदह, २० माघ । सप्तरीमा घरबाट साथीहरूसँग माघ ११ गते कोशी पूर्णिमा मेला घुम्नका लागि कोशी ब्यारेज निस्किएका एक युवक मृत अवस्थामा भेटिएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ५ योगिनियाँ निवासी चन्द्रदेव मुखियाको १९ वर्षीय छोरा रूपेश कुमार मुखिया कोशी ब्यारेजको ४१ नम्बर ढोकामा मृत अवस्थामा फेला परेका हुन ।
रूपेश माघ ११ गतेका दिन घरबाट कोशी पूर्णिमा मेला घुम्नका लागि कोशी ब्यारेज आफ्नो दुई जना साथीसँग घरबाट निस्किएका थिए । सँगै गएका साथी घर फर्किएका थिए तर मुखिया हप्ता दिनदेखि सम्पर्क बिहीन रहेका परिवार श्रोतले जनाएको छ ।
यस विषयमा प्रहीले अनुसन्धानगरी दोषी माथि कानुनी कारबाही हौस मृतकका परिवारको भनाइ रहेको छ।
यस बारे अन्य अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page