मधेस प्रदेश समाचार समाज

सप्तरीकी १८ वर्षीया बालिका अपहरण गरी बेपत्ता बनाएको घटनाका आरोपित पक्राउ

राजविराज । सप्तरीकी १८ वर्षीया बालिकालाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा सिरहाका एक पुरुष पक्राउ परेका छन ।
बालिकालाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा सिरहा नवराजपुर गाउँपालिका–१ तमसुइया सोठियाइनका ४४ वर्षीय अफजल रहमानलाई प्रहरीले माघ १७ गते पक्राउ गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाका २२ वर्षीय इजमामुल हक मियाँले २०८० मङ्सिर ४ गते घर अगाडि बाटै बालिका अपहरण गरी बेपत्ता बनाएको र हालसम्म फेला नपरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय कडरबोनामा माघ ९ गते उजुरी दर्ता भएको छ ।
गिरफ्तार अफजल मुख्य आरोपित इजमामुलका मामा हुन् । अपहरण गर्न मामा अफजल, इजमामुलकी आमा ४० वर्षीया स्नेहा खातुन र आरोपितका छिमेकीहरू सुरुङ्गा नगरपालिका–५ कुशहा ३८ वर्षीय हारुन भनिने मो. हनिफ, २१ वर्षीय मो. चाँद, मो. याकुव राइन, ४० वर्षीय अन्सारुल मियाँ, ४५ वर्षीय मो. कैयुम मियाँले सहयोग गरेको र घर अगाडिबाटै अपहरण गरी बेपत्ता बनाएको आरोप लागेको छ ।
अन्य आरोपितहरू फरार छन् । उनीहरूको हकमा माघ ९ गते पक्राउ पुर्जी जारी भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page