कोशी प्रदेश समाचार

मोरङको लेटाङबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

मोरङ, २५ फागुन । मोरङको लेटाङबाट प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका २ का २४ वर्षीय रुपेश राई रहेका छन् ।
बिहीबार बेलुका साढे ८ बजे राईले घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घरबाट १ थान र चेकजाँचकै क्रममा निज राईको घर अगाडी होम पाईपमा समेत लुकाईछिपाई राखेको अवस्थामा थान १ गरि जम्मा २ थान भरुवा बन्दुक फेला पारी राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

You cannot copy content of this page