खेलकुद मधेस प्रदेश समाचार

मधेश प्रदेश ब्याडमिन्टन संघको अध्यक्षमा तुलसीनारायण श्रेष्ठ चयन

खगेन्द्र कार्की /
सप्तकोसी । नेपाल ब्याडमिन्टन संघ मधेश प्रदेशको अध्यक्षमा तुलसीनारायण श्रेष्ठ चयन भएका छन् ।
मधेश प्रदेश ब्याडमिन्टन संघको सर्लाहीको इश्वरपुर नगरपालिका बैलबासमा शनिबार सम्पन्न पहिलो प्रदेश अधिबेशनबाट संघको तदर्थ समिति बिगटन गरि तुलसीनारायण श्रेष्ठको अध्यक्षतामा संघको १३ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ ।
संघको मधेश प्रदेश कमिटीको उपाध्यक्ष दिपककुमार खड्का, उपाध्यक्ष सरोजकुमार शाह, उपाध्यक्ष चन्द्रबहादुर खड्का , उपाध्यक्ष रामकृष्ण श्रेष्ठ ,सचीव हर्ष श्रेष्ठ, कोषाध्यक्ष भबेश कुमार झा सर्बसहमत चयन भएका छन् ।

संघको सदस्यहरुमा राजेश कुमार भगत, दिपककुमार सिंह, पवन मानन्धर ,सन्तोषकुमार महतो, सुरेन्द्रकुमार श्रेष्ठ र बिजय कुमार श्रेष्ठ चयन भएका छन् । मधेश प्रदेश ब्याडमिन्टन संघको तदर्थ समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठको अध्यक्षता तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष उदयकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न मधेश प्रदेश साधारणसभामा नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य महेशमान श्रेष्ठ, केन्द्रिय सदस्य नरेश कायस्थ, मधेश प्रदेशका विभिन्न जिल्ला ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
संघका नव निर्बाचित पदाधिकारीहरुलाई ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष उदयकुमार श्रेष्ठ, केन्द्रिय सदस्य महेशमान श्रेष्ठ, नरेश कायस्थ र निर्बाचन समिताका संयोजक अधिबक्ता यज्ञ हरि शर्मा घिमिरेले टिका खादा लगाएर प्रमाणपत्र बितरण गरेका थिए ।

   

You cannot copy content of this page