शिक्षा समाचार

सुनाखरी बोर्डिङ्गद्वारा कक्षा १० का विद्यार्थीहरूको विदाई

कञ्चनरुप, ९ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका १२, रुपनगर स्थित रहेको सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुलबाट एसइई परीक्षामा सहभागी विद्यार्थीहरुलाई विदाई गरिएको छ । शैक्षिक शत्र २०८० को एस.ई.ई. परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।
विद्यालयका संस्थापक प्रमोद कटुवालको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रिन्सिपल पुष्प बहादुर कार्कीको अध्यक्षतामा शुक्रबार आयोजित एक समारोहका विच उनीहरुलाई विदाइ गरिएको छ ।
कक्षा ९ का विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक प्रमोद कटुवालले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
उहाँले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना दिनु भएको थियो ।
मायाको चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफूहरुलाई विदाई गरेकोमा धन्यावाद ज्ञापन गर्दै आफूहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताएका छन् । विधालयको वातावरण राम्रो भएकाले कुनै कठिनाई महशुस नभएको कक्षा १० का विद्यार्थीहरुले बताएका छन् ।

कार्यक्रममा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामाना सहित विदाई गरिएको छ । उक्त अवसरमा विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल विनोद महतो, शिक्षकहरु सियाराम मण्डल, शुभाष मण्डल ,पुष्कर कटुवाल, अनिल महतो, विनिता पोखरेल , दिपा श्रेष्ठ, कञ्चन बञ्जरा, पत्रकार उत्सव आचार्य लगायतले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको सुन्दर भविष्यको कामना गर्नुभएको थियो ।

शिक्षक रमेश प्रसाद तिमल्सेनाद्वारा संचालित कार्यक्रममा स्वागत कक्षा नौ की छात्रा कृति महतोले गरेकी थिइन् । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरू लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विद्यालयले विद्यार्थीको मनोबल बढाउनको लागि प्रत्येक साल बिदाई कार्यक्रम गर्दे आएको छ । यस वर्ष ५ औं व्याचलाई विदाइ गरिएको थियो ।

   

You cannot copy content of this page