मधेस प्रदेश समाचार समाज

सप्तरीमा आज फेरी ट्याक्टर दुर्घटना, चालक मण्डलको मृत्यु

कञ्चनरुप, २० जेठ । सप्तरीमा आज फेरी ट्याक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
आइतबार दिउँसो सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ स्थित भारदह कुनौली सडक खण्डमा ट्याक्टर दुर्घटना भएको थियो ।
स१त ३३०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका १ भारदह निवासी आनन्द कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२५ वर्षीय मण्डल ट्याक्टरमा माटो बोकेर आफै ट्याक्टर चलाएर आइरहँदा सकरदही नजिकैको पुलमा ठोक्किएर दुर्घटना भएको हो । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

   

You cannot copy content of this page