कोशी प्रदेश समाचार समाज

विराटनगरमा करेन्ट लागेर ४२ वर्षीय होस्टल संचालक कार्कीको मृत्यु

विराटनगर, १२ भदौ । मोरङको विराटनगरमा करेन्ट लागेर ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-३ खारजी चौक स्थितमा करेन्ट लागेर स्थानिय ४२ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो  ।
 मंगलबार अपरान्ह बिराटश्री होस्टलका संचालक कार्कीले वेल्डिङ गर्नको लागी फलामको पाईप तान्ने क्रममा पाईपले हाईटेसन लाईनको तारमा अचानक छुन पुग्दा कार्की सख्त घाईते भएका थिए । घाइते उनको बिराट टिचिङ अस्पताल गंगाचौकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय , विराटनगरले जनाएको छ ।

   

You cannot copy content of this page