समाचार

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर , १७ भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
आइतबार साँझ स्थानीय ४५ वर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनास्थलको सम्पूर्ण कानूनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page