समाचार समाज

मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा २ जना गम्भीर घाइते

कञ्चनरूप, ४ वैशाख । राजविराजदेखि भारदहतर्फ जाँदै गरेको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । 

बिहीबार साझ ६ बजेको समयमा भारदह-राजविराज सडकखण्ड स्थित कोशी नहरदेखि करिब २०० मिटर अगाडि मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार ठक्करपछि मोटरसाइकलमा सवार दुबै जनाको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको बताइएको छ।

प्रहरीले घटना स्थलमा पुगेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ भने दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

   

You cannot copy content of this page