समाचार समाज

सप्तरी प्रहरीद्वारा लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी सदा पक्राउ

कञ्चनरूप, १५ असार । सप्तरी प्रहरीले लेनदेन (बिगो) मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत खटिएको प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट लेनदेनको बिगो मुद्दामा दोषी ठहर भई फरार रहेका कुशुमलाल सदा मुसहरलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो।

राजविराज नगरपालिका–९ निवासी सदा मुसहरलाई आइतबार पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

अदालतले उनलाई उक्त मुद्दामा १ महिना कैद सजाय तोकेको थियो। फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतबाट सजाय तथा फैसला भएका फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

   

You cannot copy content of this page