समाचार

सप्तरीमा बोक्सी आरोपसम्बन्धी मुद्दामा फरार रहेका दुई जना पक्राउ

AI photo

कञ्चनरूप, २६ असार । सप्तरी प्रहरीले बोक्सी आरोपसम्बन्धी मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–१० बनौली निवासी ४८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन्।

प्रहरीका अनुसार गत असार १९ गते बिहान करिब १० बजे डाक्नेश्वरी नगरपालिका–१० बनौलीमा उनीहरूले एक महिलामाथि बोक्सीको आरोप लगाई अश्लील शब्द प्रयोग गर्नुका साथै विभिन्न हातहतियारले कुटपिट गरी घाइते बनाएका थिए। घटनापछि दुवै जना फरार रहेका थिए।

खोजतलासका क्रममा प्रहरीले दुवै प्रतिवादीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

   

You cannot copy content of this page