समाचार समाज

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी अम्बु यादव पक्राउ

कञ्चनरूप । सप्तरीमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका–१० खड्कपुर टोलका २० वर्षीय अम्बु कुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यादवलाई बिहीबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार २०८२ साल मंसिर २२ गते साँझ करिब ५ः३० बजे बोदेबर्साइन–१० खड्कपुर टोलमा जाहेरवाला घर जाँदै गरेको अवस्थामा यादवले ज्यान मार्ने नियतले लाठी र फलामको रड प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरेका थिए। प्रहारबाट घाइते भएका पीडितको साथमा रहेको सुनका गरगहनासमेत लगेको आरोप यादवमाथि छ।

घटनापछि फरार रहेका यादवलाई खोजतलास गर्ने क्रममा बोदेबर्साइन नगरपालिका–१० खड्कपुरस्थित फेला पारी कानुनबमोजिम पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यादवविरुद्ध बोदेबर्साइन नगरपालिका–७ का ५८ वर्षीय विन्द्र प्रसाद यादवको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा मुद्दा दर्ता गरिएको थियो। पक्राउ परेका यादवलाई जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

You cannot copy content of this page