समाचार

सिरहामा भारतीय नम्बरको मोटरसाइकलसहित ४९ किलोभन्दा बढी गाँजाजस्तो पदार्थ बरामद

सिरहा । सशस्त्र प्रहरी बल, नेपालले सिरहाबाट ४९ किलो ७६० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट खटिएको टोलीले शुक्रबार सिरहाको औरही गाउँपालिका–४ स्थित खजनपुर सीमा क्षेत्रबाट उक्त पदार्थ बरामद गरेको हो।

सीमा क्षेत्रमा जाँच तथा निगरानीका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ४९ किलो ७६० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको पदार्थ तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page