समाचार

जेन्जी आन्दोलनमा फरार थुनुवा पुन: जबरजस्ती करणी मुद्दामा पक्राउ

रामेछाप । ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रेम बिसुङ्खे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका बिसुङ्खेलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको हो।

प्रहरीले उनलाई भदौ ३ गते दिउँसो करिब २ बजे रामेछाप नगरपालिका–४, तिलबारीमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

पक्राउपछि उनलाई सम्मानित रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा गत भदौ २४ गते भएको GEN-Z आन्दोलनका क्रममा चोरी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासत कक्षबाट भागी फरार रहेको समेत खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले फरार रहेका प्रतिवादीलाई खोजतलास गरी पक्राउ गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

   

You cannot copy content of this page