समाचार

सिरहामा १ हजार १०२ किलो गाँजा बरामद

सिरहा, १५ असोज । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकनजिक गागन खोलाको पुलबाट सशस्त्र प्रहरीको टोलीले २६ बोरा गाँजा, एउटा बोलेरो गाडी र एउटा अपाचे मोटरसाइकल बरामद गरेको हो।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू गाँजा तथा सवारीसाधन छाडेर फरार भएका थिए। बरामद गाँजा तौल गर्दा १ हजार १०२ किलो ६५५ ग्राम (१,१०२.६५५ केजी) रहेको प्रहरीले जनाएको छ। टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। 

बरामद गाँजा, बोलेरो गाडी र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूको खोजीसमेत भइरहेको छ।

You cannot copy content of this page