समाचार • समाज

मनिङवाकमा निस्किएकी राधादेवी भट्टराई सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह

कञ्चनरूप , २० असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–२, रेल्वेलाइनमा स्थायी बसोबास गर्दै आएकी राधादेवी भट्टराई मंगलबार बिहान मनिङवाकका लागि घरबाट निस्किएपछि हालसम्म घर नफर्किएपछि परिवारले खोजी तथा सहयोगका लागि अपिल गरेको छ।
परिवारका अनुसार भट्टराई मंगलबार बिहान घरबाट मनिङवाकका लागि निस्कनुभएको थियो। स्थानीयका अनुसार उहाँलाई बिहान करिब ७ बजेतिर बराहक्षेत्र–२ को तेह्र आरडीस्थित शिवालय मन्दिर आसपासमा देखिएको थियो। त्यसपछि भने उहाँको अवस्था र हालको स्थानबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
परिवार तथा आफन्तले सम्भावित सबै स्थानमा खोजी गरिरहे पनि उहाँको अवस्था पत्ता लाग्न नसकेपछि सर्वसाधारणसँग सहयोगको आग्रह गरिएको हो।
राधादेवी भट्टराईलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको भए उहाँका छोरा युवराज भट्टराईको मोबाइल नम्बर ९८४१६५८०२८ मा तत्काल सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।
साथै, नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराई खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।
उहाँको खोजीमा तपाईंको एउटा सेयरले पनि महत्वपूर्ण सहयोग पुग्न सक्छ। त्यसैले यो सूचना सकेसम्म धेरैजनासम्म पुर्‍याइदिन परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ।

You cannot copy content of this page