आइतबार, ७ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ७ मंसिर २०८३
समाचार

ब्राउनसुगरसहित कञ्चनरूपबाट ३६ वर्षीय युवक पक्राउ

यो सांकेतिक तस्बिर हो, वास्तविक पक्राउको फोटो होइन।

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका–९ बाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका–९ मिलटोल निवासी ३६ वर्षीय नारदमणि बरही रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार साँझ कञ्चनरूप–९ मा चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार बरहीलाई पक्राउ गरिएको हो । उनको साथबाट ४५० मिलिग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पक्राउ परेका बरहीलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page