सोमबार, ८ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, ८ मंसिर २०८३
समाज

सप्तरीमा रकम दोब्बर बनाइदिने भन्दै ठगी गर्ने हनुमानी पक्राउ

कञ्चनरूप । सप्तरीमा रकम दोब्बर बनाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग रकम ठगी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–७ बस्ने करिब ५२ वर्षीय रामबहादुर रजक रहेका छन् । उनलाई ‘हनुमानी’ नामले समेत चिनिने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार रजकले विभिन्न व्यक्तिलाई रकम दोब्बर बनाएर फिर्ता दिने प्रलोभन देखाउँदै रकम ठगी गरेका थिए । रकम लिएपछि उनी सम्पर्कविहीन बनेको भन्दै पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्राप्त जाहेरीका आधारमा प्रहरीले रजकलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा २०८३ कात्तिक १७ गते पक्राउ गरेको हो ।
पक्राउ परेका रजकलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
यस घटनामा पीडित भएका अन्य व्यक्तिहरूलाई समेत आवश्यक प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा उपस्थित भई जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page