सोमबार, ८ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, ८ मंसिर २०८३
समाज

सप्तरीका सीमावर्ती क्षेत्रबाट ७ लाखभन्दा बढीको अवैध सामान बरामद

कञ्चनरूप, ७ मंसिर । सप्तरीका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।
आइतबार सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, किराना सामान तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
सशस्त्र प्रहरीले ती सामान ढुवानीमा प्रयोग गरिएका मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरिएका सामान र मोटरसाइकलको कुल मूल्य ७ लाख १० हजार ९१० रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
बरामद गरिएका अवैध सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page